आइफोन किन्न मृगौला बेचेका युवक, अहिले अस्पतालको बेडमा मृत्युसंग लड्दै..



२० मङ्सिर २०७६, काठमाडौं

आइफोन किन्नलाई चीनका एक युवकले आफ्नो मृगौला नै बेचेका छन् । उनको जिन्दगी अहिले धेरै खतरामा परेको छ । अहिले उनी जिन्दगीको लागि संघर्ष गरिरहेका छन् । त्यतिबेला उनलाई लागेको थियो कि एउटा मृगौलाले काम चल्छ भने अर्को किन चाहियो तर, उनको यो गल्तीको सजाय उनले अहिले भोगिरहेका छन् । अहिले उनको अर्को मृगौलाले पनि काम गर्न छाडेको छ ।

चीनको एन्हुइ प्रान्तका २५ वर्षका वांग शांगकुन अहिले अस्पतालमा जिन्दगीको लागि संघर्ष गरिरहेका छन् । उनको एकमात्र मृगौलाले काम गर्न बन्द गरेको छ र उनी डायलासिसको सहारामा बाँचिरहेका छन् । उनले मृगौला २५ हजार युआन (करिब ४ लाख नेपाली रुपैयाँ)मा बेचेका थिए । निकै गरिब परिवारका वांग आइफोन लिएर साथीहरुको अगाडि शान देखाउन चाहन्थे । मृगौला बेचेर आएको पैसाले उनले आइफोन ४ र आइप्याड २ किनेका थिए ।

उनले गैरकानुनी रुपमा ब्ल्याक मार्केटमा आफ्नो मृगौला बेचेका थिए । चीनिया मिडियाका अनुसार दोस्रो मृगौला फेल भएपछि उनी अस्पतालमा भर्ना भएका छन् । पहिलो मृगौला निकाल्ने क्रममा भएको संक्रमणका कारण उनको अर्को मृगौला पनि खराब भएको डाक्टरहरुले बताएका छन् । पहिलो मृगौला निकालेपछि सर्जरीको क्रममा डाक्टरले लापरवाही गरे जसका कारण उनको अर्को मृगौला संक्रमित भएको बताइएको छ । यो घटना सार्वजनिक भएपछि गैरकानुनी रुपमा उनको मृगौला निकालेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । एजेन्सी…

प्रतिक्रिया दिनुहोस्