‘मलाई मनपर्ने अभिनेत्री र निर्देशक कोही छैनन्’ : राजेश हमाल



२० मंसिर २०७६, काठमाडौँ

नेपाली चलचित्र जगतमा महानायक रुपमा परिचित छन् अभिनेता राजेश हमाल । उनले यो ट्याग यत्तिकै पाएका छैनन् । यसको लागि फिल्म क्षेत्रमा निकै नै मेहेनत गरेका छन् । भलै राजेश हमाल पहिले जस्तो सिनेमामा अहिले सक्रिय छैनन् तर उनको क्रेज भने कत्तिपनि घटेको छैन ।

अहिले पनि बच्चादेखि वृद्धासम्म सबैको मनपर्ने अभिनेता उनी नै हुन् । राजेश आजभोली चलचित्रमा भन्दापनि बाहिरी काममा व्यस्त छन् । तर उनी एउटा राम्रो चलचित्र मार्फत दर्शकमाझ आउने सोचमा भने पक्कै पनि छन् ।

राजेश धेरै कलाकार र निर्देशकसँग काम गरिसकेका छन् । यस्तै केहीसमय लिइएको एक अन्तवार्तामा उनलाई सबैभन्दा मनपर्ने अभिनेत्री र निर्देशक को भनेर सोध्दा उनले आफूलाई एकदमै मनपर्ने अभिनेत्री र निर्देशक नै नभएको बताए । उनले आफूलाई सबैभन्दा मनपर्ने चलचित्र भने देउता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्