टिजरमा यस्तो देखियो चलचित्र ‘दि कर्मा’



२० मंसिर २०७६, काठमाडौँ

माघ १७ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको चलचित्र दि कर्मा को अफिसियल टिजर रिलिज भएको छ ।

परमिता आरएल राणा, निता ढुङ्गाना, करण वर्मा, बुद्धि तामाङ लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् ।

चलचित्रमा नायिका निता ढुङ्गाना र नायक करण वर्मालाई एक्सन अवतारमा देखाइएको छ भने परमिता पनि भिन्न लुक्समा देखिएकी छिन् । चलचित्रमा नेपाल र भारतको सिमानाको कथा देखाउन खोजिएको छ ।

प्रतिक्रिया दिनुहोस्