करणको नयाँ चलचित्रमा दिपिका फाइनल !



२० मंसिर २०७६, काठमाडौँ

दिपिका पादुकोण अहिलेकी सर्वाधिक चर्चित र डिमाण्डेड नायिका हुन् । उनले धेरै सफल चलचित्रमा काम गरिसकेकी छिन् । अहिले उनी चलचित्र छपाक मा व्यस्त छिन् । यो सँगै दिपिका आफ्नै श्रीमान रणवीर सिंहसँग नयाँ चलचित्रमा देखिदैँ छिन् ।

यसैबिचमा दिपिकाले करण जोहररको नयाँ चलचित्र साइन गरेको खबर पनि आइरहेको छ । करण र दिपिकाले चलचित्र ये जवानी हे दिवानी मा एकसाथ काम गरेका थिए । दिपिका र करणबीच राम्रो सम्बन्ध रहेको छ ।

त्यसैले दुईबीच फेरि टिमअप हुन लागेको बताइएको छ । यद्दपि चलचित्रको नाम भने खुलाइएको छैन । तर चलचित्र नारी प्रधान हुने भने बताइएको छ

प्रतिक्रिया दिनुहोस्