सलमान र सन्नी बने इन्टरनेटमा सबैभन्दा धेरै खोजिने सेलिब्रेटी



२० मंसिर २०७६, काठमाडौँ

सलमान खान र सन्नी लियोनी दुवै बलिउडका निकै चर्चित कलाकार हुन् । सन्नी र सलमानको आफ्नै क्रेज रहेको छ । यस्तै याहु इन्डियाले जारी गरेको सुची अनुसार सलमान र सन्नी इन्टरनेटमा सबैभन्दा धेरै खोजिने सेलिब्रेटीको पहिलो स्थानमा पर्न सफल भएका छन् ।

पुरुषतर्फ दोस्रो स्थानमा अमिताभ बच्चन र अक्षय कुमार रहेका छन् । यस्तै दिपिका पादुकोण र प्रियंका चोपडा पनि टप १० मा पर्न सफल भएका छन् । यतिबेला सलमान खान दबंग ३ को प्रमोशनमा व्यस्त छिन् भने सन्नी रागिनी एमएमएस को सिक्वेलमा व्यस्त छिन् ।

प्रतिक्रिया दिनुहोस्