सलमानसँग इदमा चलचित्र जुध्नेबारे अक्षयको जवाफ : ‘इदमा अरु चलचित्र रिलिज हुनै नहुने हो र’ ?



१९ मंसिर २०७६, काठमाडौँ

बलिउडमा नाम चलेका अभिनेताको चलचित्र प्राय विशेष चाडमा नै रिलिज हुने गरेको छ । बलिउडका किङ्ग सलमान खानको चलचित्र प्राय इदमा रिलिज हुने गरेका छन् ।

आउँदो इदमा पनि सलमानको चलचित्र राधे रिलिज हुदैँछ । तर यसपाली इदमा सलमानको मात्र चलचित्र रिलिज हुने छैन । यसपाली इदमा सलमानको राधे सँगै अक्षय कुमारको लक्ष्मी बम चलचित्र पनि रिलिज हुदैँछ ।

अहिले यहि कुरालाई लिएर अक्षय र सलमानका फ्यानबिच वार परिरहेका छ । सलमानका फ्यानले राधे को लागि सपोर्ट गरेका छन् भने अक्षयका फ्यानले लक्ष्मी बम लाई सपोर्ट गरिरहेका छन् ।

यसबारे अक्षयलाई पनि प्रश्न गरिएको थियो । अक्षयले इदमा अरु चलचित्र नै रिलिज हुनु हुदैँन भन्ने छ र ? भनेर जवाफ दिएका छन् । अक्षयले पहिले देखि नै ठूला चाडमा एकभन्दा बढी चलचित्र रिलिज हुनुपर्ने बताउँदै आएका थिए । उनले इदमा २ चलचित्र प्रदर्शन हुदाँ दुवै चलचित्रलाई फाइदा पुग्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्