आयुष्मानसँगको तस्बिर सेयर गर्दै प्रियंकाले लेखिन् : ‘तिम्रो ओठमा दैनिक चुम्बन गर्नु मेरो सबैभन्दा प्रिय काम’



१८ मंसिर २०७६, काठमाडौँ

नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशी बेला बेलामा आफ्नो प्रेमका कारण चर्चामा आइरहन्छन् । चर्चासँगै आयुष्मान र प्रियंका कहिलेकाहिँ आफ्नो हर्कतका कारण विवादमा पनि पर्ने गरेका छन् ।

हालैमात्र प्रियंकाले आयुष्मान र उनको तस्बिर इन्ष्टाग्राममा सेयर गर्दै उनलाई गर्न मन लाग्ने ६ प्रिय कामहरु पनि उल्लेख गरेकी छिन् ।

उनले लेखेकी छिन्, ‘मलाई यी कुरा गर्न सबैभन्दा धेरै मनपर्छ । १। तिम्रो हात समात्नु । २। तिम्रो जोक्समा हाँस्नु । ३। तिमी सँगसँगै हिँड्नु । ४। सोफामा आरामले सँगै सुत्नु । ५। तिम्रो आँखामा हेर्नु । ६। र तिम्रो ओठमा दैनिक चुम्बन गर्नु ।’

धेरैले प्रियंकाले लेखेको क्याप्सनमा सकरात्मक प्रतिक्रिया दिएका छन् । कतिले भने प्रियंकाको मजाक पनि उडाएका छन् । प्रियंका र आयुष्मानले गएको असारमा विवाह गर्ने बताएका थिए । तर समय नमिलेका कारण उनीहरुको विवाह हुन सकेन । प्रियंका र आयुष्मानले अब चाडै विवाह गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्