अनु मलिक आउट भएपछि ‘इन्डियन आइडल’ मा भित्रिए हिमेश



१८ मंसिर २०७६, काठमाडौँ

भारतका चर्चित संगीतकार तथा इन्डियन आइडल का जज अनु मलिक यौन शोषणमा परेका कारण इन्डियन आइडल बाट निकालिएका थिए । सुरुमा निस्किएका अनु मलिक फेरि शो मा आएका थिए । तर यौष शोषणको आरोप पुनः लागेका कारण उनलाई शो बाट सधैँको लागि निकालिएको छ ।

सुरुमा त अनुले आफू केवल ३ हप्ताको लागि छुट्टीमा बसेको बताएका थिए । तर सोनी टिभीले अनु मलिक अब शो मा नफर्कने जानकारी दिइसकेको छ । यस्तै अनु मलिकको ठाउँमा इन्डियन आइडल को जज को रुपमा चर्चित संगीतकार हिमेश रेशमिया भित्रिएका छन् । हिमेशले धेरै रियालिटी शो हरुमा जज को रुपमा काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्