सलमानसँग रोमान्स गर्दै सारा ?



१७ मंसिर २०७६, काठमाडौँ

सारा अलीखानले बलिउडमा प्रवेश गरेसँगै स्टार कलाकारहरुसँग काम गर्ने अवसर पाइरहेकी छिन् । अहिले उनी चलचित्र कुल नं १ को रिमेकमा व्यस्त छिन् । चलचित्रमा उनको जोडी वरुण धवनसँग बाधिएको छ ।

यस्तै चलचित्र जिरो का डाइरेक्टरले आफ्नो नयाँ प्रोजेक्टबारे जानकारी दिएका छन् । जिरो का निर्देशक आनन्दले आफ्नो आगामी चलचित्रको नाम त बताएनन् तर उनले चलचित्रमा आफूले सलमानलाई लिन चाहेको बताए । यस्तै आनन्दले नायिकाको रुपमा सारा अलीखानलाई लिन चाहेको पनि बताए ।

साराले पहिलेदेखि नै आफू सलमानको निकै ठूलो फ्यान भएकाले उनीसँग काम गर्न इच्छुक भएको बताएकी थिइन् । सलमानले अहिलेसम्म चलचित्र गर्ने वा नगर्ने बारे कुनै जानकारी दिएका छैनन् । सलमानले यो चलचित्रमा काम गर्न राजी भएमा दर्शकले पक्कै पनि सारा र सलमानलाई पर्दामा एकसाथ देख्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्