‘स्टार अफ द इयर’को उपाधी अनमोल र नम्रतालाई



१६ मङ्सिर २०७६, काठमाडौं

अमेरिकामा आयोजना भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा अभिनेता अनमोल केसी र अभिनेत्री नम्रता श्रेष्ठले ‘स्टार अफ द इयर’ अवार्ड पाएका छन् ।

केही दिन अघि अनमोलले जापानमा पपुलर एक्टर’को अवार्ड हात पारेका थिए । अवार्ड कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता भुवन केसी, अनमोल केसी, नम्रता श्रेष्ठ, वर्षा राउत, दीपा श्री निरौला लगायतका कलाकारहरूको उपस्थिति रहेको थियो ।

अनमोलले अवार्ड जितेको भन्दै सामाजिक सञ्जालमा तस्बिर अपलोड गरेका छन् । अनमोल अमेरिका हानिएसँगै उनैले अवार्ड पाउने पक्का भएको अडकल फिल्म वृत्तमा चलेको थियो । किनकि, अनमोलले अवार्ड पाउने पक्का भएपछि मात्र अवार्ड कार्यक्रममा सहभागी जनाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्