

१० मङ्सिर २०७६, भोजपुर
भोजपुर टेम्केमैयुङ गाउँपालिका–१, तिम्माका ३५ वर्षिय राईको कोरियामा मृत्यु भएको छ ।
रोजगारीका लागि कोरियामा रहेका अमिन राईकोे रिँगटा लागेर अस्पताल पुर्यालगत्तै मंसीर ९ गते मृत्यु भएको उनका काका धनकुमार राईले बताएका छन् ।
परिवारका अनुसार कम्पनीमा काम गरिरहेको समयमा रिँगटा लागेर अस्पताल पुर्यालगत्तै उनको मृत्यु भएको खबर आएको हो।
राई ५ वर्षदेखि कोरियामा कार्यरत थिए। उनको शव नेपाल ल्याउन कोरियास्थित नेपाली समाजले पहल गरिरहेको छ।