बृहत उर्बरको सातौं बार्षिक साधारण सभा सम्पन्न



१० मंसिर २०७६, काठमाडौं

सहकारी आन्दोलनले आर्थिक समृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको सहकारी बिज्ञहरुले बताएका छन् ।

बृहत उर्बर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं बार्षिक साधारणसभाको उद्घाटन गर्दै टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले टोखा नगरपालिका बिकासको समृद्ध अभियानमा लागेको बताएका छन् ।

उनले आफ्नो नगरभित्र रहेका सहकारी संस्था लगायत अन्य संस्थाहरुलाई पनि व्यवस्थित, अनुशासित बनाउन र ऐन नियम बमोजिम संचालन गर्न पनि नगरपालिका क्रियाशील रहेको स्पष्ट पारेका छन् ।

बृहत उर्बर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भगवान केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका उपाध्यक्ष ज्ञानबहादुर तामाङले सहकारी संचालन बिधिबारे जानकारी गराएका थिए । टोखा नगरपालिकामा प्रतिष्ठित सहकारीको रुपमा परिचित बृहत उर्बर बचत तथा ऋण सहकारी संस्थाको सातौं साधारणसभाले भगवान केसीको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा देवराज डंगोल, सचिव भगवती गौतम कोषाध्यक्ष राजकाजी डंगोल लगायत ५ जना सदस्य चयन भएका छन् । कार्यक्रममा पूर्व सांसद गौरा प्रसाई, बरिष्ठ पत्रकार एवं नेपाल टेलिभिजनका बोर्ड अफ डाइेरेक्टर टंक पन्त, जिल्ला सहकारी संघका सत्यनारायण डंगोल, उपाध्यक्ष  देवराज डंगोल लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा राष्ट्रिय क्रिकेट खेलाडी खुशी डंगोल, सहकारीकी शेयरधनी पुष्पा भुसाल लगायतलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्