

०९ मंसिर २०७६, काठमाडौं
अष्ट्रेलियामा एक नेपाली युवतीले धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या गरेकी छिन्।
मृतकको पहिचान सन्तोष गौतमको रुपमा भएको छ। प्रहरीले शनिबार राति ग्रानभिलस्थित उनीहरुको घरमा ३४ वर्षे सन्तोषलाई गहिरो चोट लागेको अवस्थामा भेटेको अष्ट्रेलियाको समाचार वेबसाइट 9news.com.au ले जनाएको छ।
रिपोर्टमा बताइए अनुसार सन्तोषले वेस्टमेड अस्पतालमा अन्तिम सास फेरेका थिए। हत्याको आरोप श्रीमती नुमा गौतमालाई लागेको छ। रिपोर्टमा बताइए अनुसार नुमाले आफ्नो श्रीमानलाई एकपटक काँधमा चक्कुले प्रहार गरेकी थिइन्।
उनको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको बताइएको छ। नुमालाई प्रहरीको निगरानीमा वेस्टमेड अस्पतालमा सामान्य उपचारका लागि लगिएको थियो। अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई ग्रान्डभिल पुलिस स्टेशन पुर्याइएको बताइएको छ।
घटनाको केही घण्टा अघि गौतमलाई नजिकैको टायर पसलबाट श्रीमती र ८ वर्षे छोरी भएको घरमा फिर्ता भइरहेको सिसिटीभी क्यामरामा देख्न सकिन्छ। परिवार र आफन्तले उक्त जोडी केही महिना अघिदेखि आफ्नो भिसाका कारण चिन्तित भएको बताए।
अष्ट्रेलियामा थप बस्न पाउने हो होइन भनेर यी दुई चिन्तित भएको रिपोर्टमा उल्लेख छ। स्थानीय नेपाली समुदायले उनीहरुको छोरीको जिम्मा लिने बचन दिएको छ डेली मेलका अनुसार गौतम नेपाली क्रिकेट संघका सदस्य पनि थिए।
उक्त संघले आइतबार आयोजना हुन लागेको आफ्नो ए–ग्रेड म्याच पनि रद्द बताइएको छ।
भिडियो हेर्नुस्ः