

०८ मंसिर २०७६, काठमाडौं
लायन्स क्लब टि कपनले नशा सम्बन्धि रोगका कारण हिडडुल गर्न नसक्ने ७२ बर्षीय आमा सुनिता रेग्मीलाई ह्वील चेयर सहयोग गरेको छ ।
क्लब जोन ३५ का चेयरपर्सन सबिन पन्त “पृथक” को आर्थिक सहयोगमा ह्वील चेयर वितरण गरिएको हो । लायन्स क्लब ईन्टरनेशनल ३२५ बी १ डिष्ट्रिकका चिफ एड्भाईजर महेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा उक्त सहयोग हस्तान्तरण गरिएको हो । कार्यक्रमको संयोजन क्लबका निवर्तमान अध्यक्ष संगीता पन्तले गरेकी थिइन् ।