६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ८० वर्षीय वृद्ध पक्राउ



०७ मंसिर २०७६, काठमाडौं

जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले एक वृद्धलाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२९ निवासी ८० वर्षीय दिलबहादुर गुरुङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एकनारायण कोइरालाका अनुसार दिलबहादुरले ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको छ।

पक्राउ परेका गुरुङको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सांकेतिक तस्वीर

प्रतिक्रिया दिनुहोस्