‘हामी पर्दामा फेरि एकसाथ आउने सम्भावना छ’ : आर्यन र विराज



०६ मंसिर २०७६, काठमाडौँ

आजबाट देशव्यापी रुपमा आर्यन सिग्देलको मुख्य भूमिका रहेको चलचित्र च च हुई प्रदर्शनमा आएको छ । यस्तै च च हुई को विशेष सेलिब्रेटी शो बानेश्वरमा स्थित वान सिनेमाज मा आयोजना गरिएको थियो ।

जहाँ विराज भट्ट, दिपाश्री निरौला, केदार घिमिरे लगायतका कलाकारहरु उपस्थित भएका थिए । चलचित्र हेर्ने सबैले आर्यनको अभिनयको खुलेर प्रशंसा गरे भने चलचित्रको विषयवस्तु पनि राम्रो रहेको बताए ।

यस्तै विराज भट्टले पनि आर्यनको अभिनयको तारिफ गर्न भ्याए । आर्यनले आफ्नो डेब्यु नै विराज भट्टसँग गरेका थिए । लामो समयपछि सँगै देखिएका आर्यन र विराजलाई आगामी दिनमा चलचित्रमा सँगै देखिने सम्भावना कति छ भनेर सोध्दा दुवैले चलचित्रको पर्दामा दुईलाई सँगै देख्ने सम्भावना प्रवल भएको बताए । दुवैले एकअर्कासँग सहकार्य गर्न सधैँ नै तयार भएको बताए ।

प्रतिक्रिया दिनुहोस्