सोनिका रोकायले भनिन् : ‘म समलिंगी होइन, आफ्नो सुरक्षाको लागि समलिंगी भएको बताएकी थिए’



०६ मंसिर २०७६, काठमाडौँ

चर्चित युट्युबर सोनिका रोकायले करिब १ बर्ष पहिले आफू समलिंगी भएको बताएकी थिइन् । अहिले फेरि उनी आफैले यो कुरालाई नकारिरहेकी छिन् । सोनिकाले आफू समलिंगी नभएको बताएकी छिन् ।

उनले भनिन्, ‘मैले किन आफूलाई समलिंगी भने होला ? के मलाई मेरो विवाहको चिन्ता छैन र? के ममा घरबार बसाउने रहर नहोला’ ?

आफ्नो प्रश्नको जवाफ आफै दिदैँ सोनिकाले भनिन् जब छोरी मान्छे जवान हुदैँ जान्छन्, राम्री हुदैँ जान्छन्, तब उनीहरुलाई आक्रमण गर्ने को संख्या पनि बढ्दै जान्छ । मैले पनि आफ्नो सुरक्षा गर्नको लागि आफू समलिंगी भएको बताएकी थिए ।

प्रतिक्रिया दिनुहोस्