‘हरेराम’ लेखेको बिकिनी लगाएका कारण बाणी विरुद्ध मुद्दा दर्ता



०६ मंसिर २०७६, काठमाडौँ

केहीसमय अघि बलिउड अभिनेत्री बाणी कपुरले हरेराम लेखेको बिकीनी लगाएकी थिइन् । जसका कारण उनी निकै ट्रोल भइन् । धेरैले उनले धर्मको मजाक उडाएको भन्दै नराम्रोसँग आलोचना समेत गरे ।

यस्तै बाणी विरुद्ध मुद्दा समेत दर्ता भैसकेको छ । भारतीय सञ्चार माध्यम आजतकमा प्रकाशित समाचारका अनुसार मुम्बईको एन एम जोशी मार्गमा रहेको पुलिस स्टेशनमा रमा सावन्त नामकी महिलाले बाणीविरुद्ध मुद्दा दर्ता गराएकी हुन् ।

उनले बाणीको यस्तो हर्कतका कारण मानिसको धार्मिक भावनामा समेत ठेस पुगेको बताइन् । अत्याधिक आलोचित भएपछि बाणीले उक्त तस्बिर सामाजिक सञ्जालबाट हटाएकी समेत थिइन् । तर त्यतिन्जेलसम्म उनका तस्बिर भाइरल भैसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्