प्रेमीसँग रमाउँदै पूर्व मिस नेपाल तथा नायिका मलिना जोशी



०६ मंसिर २०७६, काठमाडौँ

पूर्व मिस नेपाल तथा नायिका मलिना जोशीको हातमा अहिले चलचित्र छैनन् भन्दा फरक नपर्ला । किनकी उनी आजभोली चलचित्रमा त्यति व्यस्त देखिएकी छैनन् । लगातार चलचित्र फ्लप भएका कारण राम्रो मेकरको नजरमा मलिना नपरेकी पो हुन् कि ।

तर हातमा चलचित्र नै नभएपनि उनी सामाजिक सञ्जालमा बेला बेलामा आफ्ना प्रेमीका कारण चर्चामा आइरहेकी हुन्छिन् । मलिना लामो समयदेखि सुशान्त प्रधानको प्रेममा छिन् । उनले आफ्नो प्रेमलाई लुकाउने गरेकी छैनन् ।

जसका कारण उनी निर्धक्क भएर सामाजिक सञ्जालमा प्रेमीसँगको तस्बिर सेयर गरिरहेकी हुन्छिन् । अहिले पनि सामाजिक सञ्जालमा उनले प्रेमीसँगको तस्बिर सेयर गरेकी छिन् । जहाँ उनका प्रेमीले उनलाई गालामा किस गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्