‘किरात राई संग्रहालय’लाई २३ लाखभन्दा बढी सहयोग(विवरण सहित)



०६ मंसिर २०७६, काठमाडौं

किरात राई जातिको कला, संस्कृति, सभ्यता, इतिहास, भेषभूषा तथा गरगहनाजस्ता सामग्रीको संरक्षण गर्ने उद्देश्यले खोटाङको रिब्दुङमा विगत ३ वर्षदेखि ‘किरात राई संग्रहालय’ निर्माण कार्य भइरहेको छ ।

हालसम्म बालुवा बोक्ने, गिटी कुट्ने, ढुङ्गा फुटाउने, काठ कटाउने, जग खन्ने, पिलर ठड्याउने आदि काम भइसकेको छ । अब निकट भविष्यमा एकतला ढलान गर्ने काममा निर्माण समिति अघि बढिरहेको संयोजक खुक्सङ खम्बु राईले जानकारी दिए।

पिलर ठड्याउँदैः

किरात वास्तुकलाको अधिकतम प्रयोग गरी निर्माण भइरहेको संग्रहालय १० किरातको प्रतीक स्वरुप डेकागण (१० भूजा) आकारमा निर्माण भइरहेको छ । संग्रहालय निर्माण कार्य सम्पन्न गर्न देश तथा विदेशबाट हजारौं सहयोगी मनहरुले सहयोग गरेका छन्।

किरात राई संग्रहालय निर्माण समितिले विभिन्न देशमा संयोजक तोकि सहयोग रकमको संकलन गरेको थियो । जसअनुसार किरात खालिङ राई उत्थान संघका अध्यक्ष मकर बहादुर खालिङ राई र लोकप्रिय गायक तथा संगीतकार पविधन खालिङज्यूको संयोजकत्वमा अमेरिकामा चन्दा संकलन भएको थियो ।

त्यस्तै कोरियामा अमर थुलुङ राई र किरात राई यायोख्खाको संयोजनमा, हङकङमा समाजसेवी बज्र कुमार थुलुङ राई र सुमन थुलुङ राईको संयोजनमा, दुबइमा दिपाल थुलुङको संयोजनमा, मलेसियामा रबिन थुलुङको संयोजनमा, मकाउमा किरात राई यायोख्खा लगायत मंगल राई र केशव राईको संयोजनमा, इजरायलमा सुनिल थुलुङ र किरात राई यायोख्खाको संयोजनमा, कुवेतमा गणराज थुलुङको संयोजन लगायत देश तथा विदेशमा संकलिक रकमको विवरण निम्नानुसार छ ।

विवरण यहाँ हेर्नुस्ः

प्रतिक्रिया दिनुहोस्