बिहे भएको २१ बर्षपछि छुटे अर्जुन र मेयर, २ छोरी अब आमासँगै बस्ने



०५ मंसिर २०७६, काठमाडौँ

विवाह भएको २१ बर्षपछि बलिउड अभिनेता अर्जुन रामपालको उनकी श्रीमती मेयर जेसियाको डिभोर्स भएको छ । त्यस्तै अब अर्जुन र मेयरकी २ छोरी आमासँगै रहने भएका छन् ।

मुम्बइको बान्द्रास्थिती फेमिली कोर्टले उनीहरुलाई डिभोर्सका लागि मन्जुरी दिएको छ । मुख्य न्यायधिश शैलजा सावन्त ‘स्पेशिल म्यारिज एक्ट’ अनुसार यो जोडीलाई डिभोर्सका लागि मन्जुरी दिएको हो ।

अर्जुन केहीसमय देखि अफ्रिकन मोडल ग्रेविएलासँग प्रेम सम्बन्धमा छन् । त्यसैले उनले मेयर र आफ्नो बाटो अब अलग भएको बताएका थिए । ग्रेविएला र अर्जुन विवाह भने गरेका छैनन् । तर उनीहरुले आफ्नो पहिलो सन्तानलाई जन्म दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्