काठमाडौँको एक होटलमा सुरक्षा गार्ड मृत अवस्थामा फेला !



०५ मङ्सिर २०७६, काठमाडौं

काठमाडौँमा होटलका सुरक्षा गार्ड मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौँ महानगरपालिका १६ माछापोखरी नजिक एक होटलका सुरक्षा गार्डको सुतिरहेको अवस्थामा आज मृत्यु भएको हो  ।

स्थानीय लालीगुराँस गेष्ट हाउसका सुरक्षा गार्ड तारकेश्वर नगरपालिका–८ शान्तिटोल बस्ने गोरखाका ४५ वर्षीय कृष्ण विक सोही गेष्ट हाउसमा सुतिरहेको अवस्थामा मृत फेला परेका हुन् ।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्