राइड थ्रु सिन्धुलीगढी साइकलयात्राको कार्यतालिका सार्वजनिक, यस्तो छ यात्रामा कार्यक्रम



०४ मङि्सर २०७६, काठमाडौँ

समृद्ध सिन्धुली अभियानको आयोजनामा यही मंसिर ६ गतेदेखि हुने राइड थ्रु सिन्धुलीगढी २०१९ साइकल यात्राको यात्रा तालिका सार्बजनिक भएको छ । साइकल यात्राको उद्घाटन पर्यटन मन्त्री योगेश भट्टराईले मंसिर ६ गते बिहान पशुपतिनाथ मन्दिर परिसरको हंशमण्डपबाट गर्नुहुनेछ ।  राइड थ्रु सिन्धुलीगढी साइकलयात्रा हरेक बर्ष नोभेम्बरमा आयोजना गरिन्छ । यस यात्राले साइकलका सौखिनहरुको महोत्सवको रुप लिँदै गएको छ ।

आयोजक संस्था समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेका अनुसार साइकलयात्राको उद्घाटनपछि यात्रीहरु पशुपतीनाथबाट सिनामंगल कोटेश्वरहुँदै भक्तपुर पुग्नेछन् । त्यहाँ भक्तपुर पर्यटन बोर्डले भक्तपुरको चर्चित जुजु द्यौ (दही) ले स्वागत गर्ने कार्यक्रम छ । साइकलेहयात्रीलाई बनेपामा सुलभ सहकारीले स्वागतसहित खाजा खुवाएर बिगाइ गर्ने छ । यस्तै नमोबुद्द नगरपालिकाले भकुन्डेबेसीमा स्वागत गर्ने कार्यक्रम तय भएको छ ।

यात्राका क्रममा मंगलटारमा मानसरोबर श्रेष्ठले खाजासहितको स्वागत गर्नेछन् । त्यसपछि सिन्धुली जिल्ला प्रवेश गरेपछि सुनकोसी गाउपालिकाको ऐतिहासिक कुशेश्वर महादेवव मन्दिर परिसरमा सांसद लेखनाथ (राजन) दाहाल, सुनकोशी गाउपालिका अध्यक्ष दिपा बोहरालगायतले स्वागत गर्ने कार्यक्रम छ । गाऊपालिकाले साइकलयात्रीलाई पहिलो दिनको बिहानको खाना खुवाउने छ ।

त्यसपछि साइकल यात्रीहरुलाई  झाङाझोलीको पुरानो बजारमा स्थानीय बासिन्दाले स्वागत गर्नेछन् । साइकलयात्रा यहाँ भने सडक छाडेर पुरानो बजारहुँदै मुल्कोट निस्कने छ । त्यहाँ मुल्कोट बिकास समाजको संयोजनमामा साइकलयात्रीको स्वागतमा सास्कृतिक कार्यक्रमको आयोजना गरिने छ । गाउँपालिकाले सुनकोशी महोत्सव गर्ने छ ।  साइकल यात्रीलाई साँझको खाना र भोलिपल्ट विहानको खाजा पनि सुनकोशी गाउँपालिकाले खुवाउने छ । पहिलो दिन रातको बास मुलकोट होटल ब्यवसायीसँग समन्वय गरेर मुल्कोट बिकास समाजले गरेको छ ।

दोस्रो दिन मुलकोट बाट सुनकोसी गाउपालिका अध्यक्ष दीपा दाहाले साइकल यात्रीलाई बिदाइ गर्नु हुने छ । साइकलयात्री खुर्कोट पुगेपछि गोलन्जोर श्रेष्ठ समाजले स्वागतसहित खाजा खुवाउने तालिका रहेको समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले बताउनु भयो । साइकलयात्रीलाई बारामा स्थानीय सहकारीले स्वागत गर्ने छ । साइकल यात्री उकालो पार गरेर खनियाखर्क पुगेपछि प्रदेस ३ का पर्यटन मन्त्री अरुण नेपालले साइकलयात्रीलाई स्वागत गर्नुहुनेछ । त्यहाँ साइकलयात्रीको सम्मानमा जुनार महोत्सव आयोजना गरिनेछ । जुनार सुपरजोन, जुनार सहकारी र जुनार उपभोक्ता संघलगायतले महोत्सवको संयोजन गर्ने छन् । जुनार महोत्सवको पर्यटनमन्त्री नेपालले उद्घाटन गर्नु हुनेछ । साइकलयात्रीलाई महोत्सवमा जुनारको जुसले स्वागत गर्ने कार्यक्रम छ । त्यसपछि साइकलयात्री ऐतिहासिक स्थल सिन्धुलीगढी पुग्नेछन् । साइकलयात्रीले त्यहीँ खाना खानेछन् ।  त्यहाँबाट साइकलयात्री सिन्धुलीमाढी झर्नेछन् । त्यहाँ दोस्रो दिन साँझ साईकल टोलीको स्वागतमा सिन्धुली कलाघरले भब्य साँस्कृतिक कार्यक्रम आयोजना गर्नेछ । साइकलयात्री सास्कृतिक कार्यक्रम मा सहभागी हुनेछन् । त्यहाँ समृद्ध सिन्धुली अभियानले नेपाल भ्रमण बर्ष २०२० का अबसरमा स्थानीय सरोकारवालाहरुसँग छलफल कार्यक्रम आयोजना गरेको छ ।

साइकलयात्रीलाई तेस्रो दिन बिहान सिन्धुलीमाढीमा नेपाल कपडा तथा सिलाइ ब्यबसायी संघले बिहानको खाजा खुवाएर विदाइ गर्नेछ । यात्रीलाई माइस्थानमा कमलामाई कृषि तथा पशुपालन फार्मले  स्वागत गर्ने छ । त्यसपछि चुरेमा श्रेष्ठ परिवारले स्वागत गर्ने तालिका रहेको छ । टोली धनुषाको बाहुनमाराहुँदै महोत्तरीको बर्दिबास पुग्नेछ । त्यहाँ बार्दिबास नगरपालिका, नेपाल होटेल तथा पर्यटन व्यावसायी संघ महोत्तरी, नेपाल होटेल तथा पर्यटन व्यावसायि संघ प्रदेश नम्बर २ ले स्वागतसहित खाना खुवाउने छन् ।

साइकलयात्री बिहानको खाना खाएर धनुषा प्रवेश गर्नेछन् । धनुषाको ढल्केबरमा सामुदायिक बन महासंघ प्रदेस नम्बर २ ले ढल्के स्वागत गर्ने छ । त्यसपछि साइकलयात्री धारापानीबाट धनुषाधामहुँदै जनकपुर पुग्नेछन् । त्यहाँ नेपाल भ्रमण बर्ष २०२० प्रदेस नम्बर २, जनकपुर नगरपालिका , प्रदेश नम्बर २ सरकारलगायतले भब्य स्वागत गर्नेछन् ।

जनकपुरमा स्थानीय आयोजक सानो पाइलाले साइकलयात्रीलाई खाना खुवाउने छ । बासको प्रवन्ध नेपाल भ्रमण बर्ष २०२० प्रदेस नम्बर २ ले गर्नेछ । साइकलयात्राको अन्तिम दिन मंसिर ९ गते जनकपुरका साइकलयात्रीसहित राइड थ्रु सिन्धुलीगढीका यात्रीले जनकपुर परिक्रममा यात्रा गर्नेछन् । त्यसपछि साइकलयात्री खाना खाएर गाडीमा काठमाडौं फर्किनेछन् ।

यस बर्षको साइकलयात्रामा १सय ५० जना साइकलयात्री र ५० जना स्वयंसेवकसहित २ सय जना यात्री सहभागी हुने आयोजक संस्था समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले बताउनुभयाे । ‘यो साइकलयात्राले दुई पुरातात्विक स्थलहरु काठमाडौंको पशुपतिनाथ र रामजानकी मन्दिर रहेको जनकपुरधामलाई ऐतिहासिक सिन्धुलीगढीहुँदै जोड्ने छ’, अध्यक्ष घिमिरेले भन्नुभयाे, ‘साइकलयात्राले पहाडलाई तराइसँग पनि भावनात्मक रुपमा जोड्नेछ ।’

प्रतिक्रिया दिनुहोस्