प्रियंका र सलमान बने इन्टरनेटमा सबैभन्दा धेरै खोजिने बलिउड सेलिब्रेटी



०४ मंसिर २०७६, काठमाडौँ

हालै भएको एक सर्वेक्षणअनुसार बलिउड अभिनेत्री प्रियंका चोपडा इन्टरनेटमा सबैभन्दा धेरै खोजिने बलिउड अभिनेत्री बनेकी छिन् । २०१८ अक्टोबरदेखि २०१९ अक्टोबर सम्मको रिपोर्ट अनुसार प्रियंकालाई २.७४ मिलियन पटक खोजिएको छ ।

यस्तै दिपिका पादुकोण दोस्रो र सन्नी लियोनी तेस्रो स्थानमा परेका छन् । अभिनेताको कुरा गर्नुपर्दा सलमान खान सबैभन्दा धेरै इन्टरनेटमा खोजिएका बलिउड अभिनेताको सुचीको पहिलो स्थानमा छन् । त्यस्तै शाहरुख खान दोस्रो र अमरिष पुरी तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्