‘मिस वर्ल्ड २०१९’ मा सहभागी हुनको लागि लण्डन उडिन् ‘मिस नेपाल’ अनुष्का श्रेष्ठ



०४ मंसिर २०७६, काठमाडौँ

‘मिस नेपाल वर्ल्ड २०१९’ को उपाधी जितेकी अनुष्का श्रेष्ठ ‘मिस वर्ल्ड २०१९’ मा सहभागी हुनको लागि लण्डन उडेकी छिन् ।

अनुष्काले राष्ट्रको सपनालाई आफूले लगेर जाँदा रमाइलो लागेको बताएकी छिन् । यसलाई उनले एक मीठो अनुभव भएको प्रतिक्रिया दिएकी छिन् ।

अनुष्काले ‘मिस वर्ल्ड’ मा आफ्नो यात्रालाई अघि बढाउनको लागि सम्पूर्ण नेपालीको सहयोगको जरुरत भएकाले आफूलाई साथ दिनको लागि अनुरोध समेत गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्