‘भारतमा कलाकारको सम्मान नै गरिदैँन’ : ऋषि कपुर



०३ मंसिर २०७६, काठमाडौँ

बलिउडका चर्चित कलाकार ऋषि कपुर बेला बेलामा सामाजिक सञ्जालमा आफूलाई चित्त नबुझेको कुराहरु बताइरहेका छन् । उनको कुनैपनि कुरा स्पष्ट रुपमा देखाउने बानी छ । तर त्यहिँ बानीका कारण कहिलेकाहिँ उनी विवादमा समेत पर्ने गरेका छन् ।

अहिले फेरि त्यस्तै भएको छ । ऋषिले सामाजिक सञ्जालमा भारतमा कलाकारको सम्मान नै नगरिने कुरा बताएका छन् । ऋषिले अन्य देशमा कलाकारलाई चिनाउने विभिन्न स्थानहरु बनाइने गरिएको तर भारतमा भने त्यस्तो नभएको बताएका छन् । ऋषिले भारतमा कलाकारले पाउनु पर्ने जति सम्मान नपाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्