मलेसियामा एक नेपाली चेलीले गरिन् आत्महत्या !



०३ मङ्सिर २०७६, काठमाडौं

मलेसियामा एक नेपाली चेलीले सोमबार राति झुन्डिएर आत्महत्या गरेकी छिन् ।

मलेसियाको जोहरबारु राज्य स्थित एफ.सि.एल कम्पनीका कार्यरत चितवन घर भएकी कल्पना (मोक्तान) तामाङले आत्महत्या गरेकी हुन्।

श्रीमान संग असुमधुर सम्बन्ध रहेकी, मोक्तानको घरमा सात बर्षको बच्चा समेत रहेको बुझिएको छ । श्रीमान संग सम्बन्ध बिच्छेद भइ लामो समय देखी भिनाजु संग अबैध सम्बन्ध बनाएका कल्पना रातीको समयमा फोनमा कुराकानीको क्रममा केही खट्पट भइ झगडा परेर आत्महत्या गर्न पुगेको हुन सक्ने, श्रोतको भनाई छ ।

मृतकको शव पोस्टमार्टमका लागी स्थानीय अस्पतालमा लगिएको सोही कम्पनीमा कार्यरत मोक्तानको सहकर्मी साथीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्