‘माछा माछा’ को आइटम गीतमा सृष्टिसँग सौगातले लगाए ठुम्का



०३ मंसिर २०७६, काठमाडौँ

चलचित्र माछा माछा को आइटम गीत रिलिज भएको छ । माछा माछा मा सौगात मल्लको मुख्य भूमिका रहेको छ । यस्तै आजभोली सिनेवृतमा सौगात र सृष्टि रियल कपल भएकाले जहाँ सौगात त्यहिँ सृृष्टि भन्ने गरिएको छ । पछिल्लो समयमा यी दुई चलचित्र पोई पर्यो काले मा एकसाथ देखिएका थिए ।

माछा माछा को आइटम गीतमा पनि सौगातले सृष्टिसँग ठुम्का लगाएका छन् । अनुपम शर्माको शब्द र संगीत रहेको म्याडम म्याडम बोलको गीतमा अनुपम शर्माकै आवाज रहेको छ । निकै रमाइलो शैलीको गीतलाई प्रविन सिंहले कोरियोग्राफी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्