ट्रेलरमा यस्तो देखियो अक्षय र करिनाको ‘गुड न्युज’



०३ मंसिर २०७६, काठमाडौँ

अक्षय कुमार, करिना कपुर, कियारा अडवाणी र दिल्जित दोसानको मुख्य भूमिका रहेको चलचित्र गुड न्यूज को अफिसियल ट्रेलर रिलिज भएको छ ।

केहीदिन अघि चलचित्रको पोष्टर रिलिज भएको थियो । जसलाई दर्शकले निकै नै रुचाएका थिए । चलचित्रको ट्रेलर पनि निकै नै रमाइलो खालको बनेको छ ।

चलचित्रको कथा सेरोगेसीमा आधारित रहेको ट्रेलरबाट स्पष्ट हुन्छ । चलचित्रको ट्रेलरलाई युट्युबमा रिलिज भएको केहीसमयमा नै सर्वाधिक भ्यूज मिलेको छ ।

प्रतिक्रिया दिनुहोस्