

०२ मङि्सर २०७६, काठमाडौं
चर्चित गायिका मेलिना राई र लोकपप गायक सुनिल गिरीको नयाँ कौरा गीत ‘जाम क्यारे माया’ यतिबेला युट्युब ट्रेन्डिङमा रहेको छ ।
गायक गिरीकै शब्द तथा संकलन रहेको गीतमा गाउँ घरमा खेलीने कौराको दृश्य र युवा युवतीको ब्यङ्ग्यात्मक शैलीलाई गिरीले देखाउन खोजेका छन् । भिडियोमा सुनिल गिरी स्वयंम र उर्मिला गुरुङ फिचर्ड छन्। मनाङ गुरुङको कोरियोग्राफी, अनिल कृष्ण मानन्धरको छायांकन रहेको गीतको सम्पादन पवन सिंम्खडाले गरेका हुन् ।