आज नायिका साम्राज्ञीको जन्मदिन, कति बर्ष लागिन् त !



०२ मङ्सिर २०७६, काठमाडौं

नेपाली चलचित्र क्षेत्रमा छोटो समयमा नै एउटा उचाई प्राप्त गरेकी नायिका हुन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । उनै, साम्राज्ञी आज आफ्नो २५ औं जन्मदिन मनाइरहेकी छिन् ।

नेपाली चलचित्र क्षेत्रमा ‘ड्रिम्स’बाट उदाएकी साम्राज्ञीले पहिलो चलचित्रबाट नै सफलता प्राप्त गरिन् । यसपछि उनको ‘ए मेरो हजुर २’ पनि बक्स अफिसमा हिट भयो ।

यसपछि भने साम्राज्ञीलाई लिएर चलचित्र बनाउन चाहनेहरुको संख्या ह्वात्तै बढ्यो । साम्राज्ञीले अभिनय गरेका ‘तिमी सँग, कायरा, इन्टु मिन्टु लण्डनमा, मारुनी, रातो टिका निधारमा’ रिलिज भैसकेका छन् ।

साम्राज्ञी चलचित्रसँगै तस्वीरका कारण पनि चर्चामा आउने गर्छिन् । कहिले संवेदनशिल अंग तल खिचिएको ट्याटु होस् या कहिले प्रेमीसँगको तस्वीरले उनलाई विवादमा ल्याउने गरेको छ । आज आफ्नो विशेष दिन मनाइरहेकी साम्राज्ञीलाई हाम्रो तर्फबाट पनि ‘शुभकामना’ ।

प्रतिक्रिया दिनुहोस्