पूर्व राजा ज्ञानेन्द्र र पूर्व  युवराज्ञी हिमानीलाई भेटेपछि पूजाले भनिन् : ‘प्राउड मुमेन्ट’



०१ मंसिर २०७६, काठमाडौँ

नायिका पूजा शर्मा यतिबेला चलचित्र म यस्तो गीत गाउँछु २ को छायांकनमा व्यस्त छिन् । जहाँ उनको जोडी अभिनेता पल शाहसँग बाधिएको छ । यसैबिच पूजाले पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व युवराज्ञी हिमानी शाहसँग भेटघाट गरेकी छिन् ।

उनले ज्ञानेन्द्र र हिमानीसँगको तस्बिर फेसबुकमा पोष्ट गर्दै प्राउड मुमेन्ट लेखेकी छिन् । तस्बिरमा अधिकांशले पूजा, ज्ञानेन्द्र र हिमानीको प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्