‘नेपाल आइडल’ सिजन २ का विजेता रवि ओड ‘सुदूरपश्चिम पर्यटन दूत’ मा नियुक्त



०१ मंसिर २०७६, काठमाडौँ

नेपाल आइडल सिजन २ का विजेता रवि ओड अहिलेका सर्वाधिक व्यस्त र चर्चित गायक बनिसकेका छन् । देश तथा विदेशका कार्यक्रममा उनको डिमाण्ड बढ्दो छ । यस्तै यतिबेला रवि सप्तरङ्ग २ मा पनि व्यस्त छन् ।

त्यसका साथै रविले अर्को पनि सफलता हासिल गरेका छन् । रवि सुदूरपश्चिम पर्यटन दूतमा नियुक्त भएका छन् । सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले उनलाई पर्यटन दूतमा नियुक्त गरेको हो।

कञ्चनपुरको महेन्द्रनगरमा आयोजित  सप्तरंग २ कार्यक्रममा मन्त्री माया भट्टले उनलाई प्रदेशको पर्यटन दूतका रूपमा नियुक्त गरेको घोषणा गर्दै प्रमाणपत्र दिएकी हुन्।

प्रतिक्रिया दिनुहोस्