अत्याधिक मेकअप गरेका कारण विवादित बन्दै रानु मण्डल, फ्यानले दिए यस्तो प्रतिक्रिया



०१ मंसिर २०७६, काठमाडौँ

रानु मण्डल रेलवे स्टेशनको बाहिर बसेर गीत गाउँथिन्, आफ्नो गुजारा चलाउनको लागि । उनीसँग साथ कोहीपनि थिएनन् । साथमा थियो त बस् उनको सुरिलो आवाज । जसले आज उनलाई स्टार बनाइदियो ।

रानु मण्डलले गीत गाएको भिडियो कसैले सामाजिक सञ्जालमा अपलोड गरिदिएका थिए । जुन भिडियोमा भारतका चर्चित गायक तथा संगीतकार हिमेश रेशमियाको पनि नजर पर्न गयो । त्यसपछि हिमेशले रानुको आवाज सारा संसारको सामू ल्याउने प्रतिज्ञा गरे ।

हिमेशले नै रानुलाई रेलवे स्टेशनबाट रेकर्डिङ स्टुडियोमा ल्याए । हिमेशले रानूसँग मिलेर गीत रेकर्ड गराए, तेरी मेरी कहानी । जुन गीतले रानुको भाग्य रातारात चम्कियो ।

अहिले उनी भारतकी चर्चित गायिकाको लिस्टमा पर्छिन् । उनको आवाजको फ्यानहरु लाखौँको संख्यामा रहेका छन् । तिनै रानु मण्डल अहिले भने विवादमा परेकी छिन् । केहीदिन अघि रानु एक कार्यक्रममा हिमेशसँग पुगेकी थिइन् ।

रानु अत्याधिक मेकअपका देखिएकी थिइन् । जसका कारण उनी विवादित बन्न पुगिन् । धेरैले सामाजिक सञ्जालमा उनलाई मेकअप नसुहाएको भन्दै चर्को आलोचना गरिरहेका छन् भने कत्तिले रानुको मजाक समेत उडाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्