कार्तिकले बढाए पारिश्रमिक, एक चलचित्र मार्फत लिन्छन् यति करोड…



०१ मंसिर २०७६, काठमाडौँ

कार्तिक आर्यन पछिल्लो समयमा सर्वाधिक चर्चामा आएका बलिउड नायक हुन् । चकलेटी नायक कार्तिकको फ्यान फलोइङ निकै बढिरहेको छ । त्यसैगरी उनको डिमाण्ड पनि बढिरहेको छ ।

कार्तिकले अहिले आफ्नो पारिश्रमिक पनि बढाएका छन् । उनी एक चलचित्र मार्फत ७ करोड लिन थालेको कुरा भारतीय मिडियाले बताएको छ । यतिबेला कार्तिक भूल भुलैया र लव आजकल २ को काममा व्यस्त छन् ।

प्राप्त जानकारी अनुसार कार्तिकले यी दुवै चलचित्रका लागि ७ करोड लिएका छन् । त्यसैगरी उनी साराअली खानसँग अफेयरको कारण पनि चर्चामा आइरहन्छन् ।

प्रतिक्रिया दिनुहोस्