‘ए मेरो हजुर ४’ मा अनमोल फाइनल, फेरि एकपटक पर्दामा अनमोल र सुहानाको जोडी जम्दै



०१ मंसिर २०७६, काठमाडौँ

चलचित्र ए मेरो हजुर ४ का लागि निर्माण टिमले धेरै पहिले सुहाना फाइनल भैसकेको जानकारी दिएको छ । अहिले चलचित्रको लागि नायक पनि फाइनल भएका छन् । चलचित्रमा फेरि पनि अनमोल केसी नै दोहोरिने भएका छन् ।

यो अनमोलका फ्यानका लागि अत्यन्तै खुसीको कुरा हो । किनकी चलचित्र ए मेरो हजुर ३ मा दर्शकले अनमोल र सुहानाको जोडीलाई असाध्यै रुचाएका थिए । सबै दर्शकको चाहना अनमोल र सुहानाको जोडी फेरि एकपटक स्क्रिनमा हेर्ने थियो । दर्शकको चाहना नभन्दै पुरा हुने भएको छ ।

अनमोललाई शनिबार निर्माणपक्षले कागजी संझौता गरेसँगै ‘ए मेरो हजुर ४’मा अनमोल र सुहानाको जोडी दोहोरिने पक्का भएको हो ।यसपटक भने चलचित्रको कथा म्यूजिकल लभ स्टोरी हुनेछैन । निर्देशक थापाका अनुसार, प्रेमकथामै चलचित्र बग्नेछ ।

चलचित्रको छायांकन माघको १६ गतेबाट सुरु गर्ने योजना यसको निर्माणपक्षको छ ।

प्रतिक्रिया दिनुहोस्