अदालतमा हाजिर भइन् शिल्पा, अदालतले सुनायो यस्तो फैसला



३० कार्तिक २०७६, काठमाडौँ

जिल्ला अदालतले बहुविवाहको मुद्दामा मुछिएकी शिल्पालाई साधारण तारेखमा छोड्न आदेश दिएको छ । केहीसमय अघि हेमा ओझाले छवि र शिल्पाविरुद्ध बहुविवाहको मुद्दा हालेपछि शिल्पा यो केसमा मुछिएकी थिइन् ।

छवि ओझा र हेमाकुमारी ओझाबीच यसअघि नै अंशबन्डा भइसकेको देखिएकाले प्रारम्भिक आधार र प्रमाणका आधारमा शिल्पा दोषी हुन नसक्ने ठहर जिल्ला अदालतले गरेको छ । पुर्जीविरुद्ध सर्वोच्चमा पुगेकी शिल्पा सर्वोच्चले मंगलबार मुद्दा खारेज गरेपछि उनलाई पक्राउ गर्ने बाटो खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्