कार्तिक र साराको प्रेमलाई लिएर खुसी छैनन् साराकी आमा अमृता



३० कार्तिक २०७६, काठमाडौँ

बलिउडमा नायिका साराअली खान र नायक कार्तिक आर्यनको अफेयरको खबर बाहिर आइरहेको छ । साराले मिडियाकै अगाडी कार्तिक आफ्नो प्रेमी र क्रस भएको बताएकी पनि थिइन् । यस्तै उनीहरु धेरै कार्यक्रममा एकसाथ देखिएका पनि थिए ।

तर साराकी आमा अमृता भने सारा र कार्तिकको सम्बन्धबाट खुसी छैनन् । अमृता सारा अहिले आफ्नो करियरको सुरुवातमा भएकाले उनको सम्पूर्ण फोकस उनको काममा नै होस भन्ने चाहन्छिन् ।

कार्तिकसँग अफेयर भएका कारण साराले काममा राम्रोसँग ध्यान दिन नसकेको गुनासो साराकी आमाले पोखेकी छिन् । हुन त केहीदिन देखि मिडियामा सारा र कार्तिकको ब्रेकअप भएको खबर पनि बाहिर आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्