अफगानिस्तानमा चार जिल्लास्तरीय प्रहरी अधिकृत मारिए



२९ कार्तिक २०७६, अफगानिस्तान

अफगानिस्तानको उत्तरी बाघ्लान प्रान्तमा जिल्ला प्रहरी प्रमुखसहित चार प्रहरी अधिकृत मारिएका छन् ।

तालिबानी लडाकूहरुले राखेको विद्युतीय धरापमा परी उनीहरुको शुक्रबार विहान मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

“तखार प्रान्तमा पर्ने वार्साज जिल्लाका प्रहरी प्रमुख अफ्जाल हकिमी र उहाँका अरु तीन जना सहकर्मीको मृत्यु भएको छ,” तखार प्रान्तको प्रान्तीय सरकारका प्रवक्ता जवाद हिजीरीले सिन्ह्वासँग भन्नुभयो ।

घटना भएको ठाउँ प्रहरी प्रमुख हकिमीको गृहजिल्ला जाने बाटोमा पर्दछ । त्यो क्षेत्र तालिबान लडाकूहरुको बढी प्रभाव रहेको क्षेत्र मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्