बलिउडमा डेब्यु गर्दै ‘मिस वर्ल्ड २०१७’ मानुषी



२९ कार्तिक २०७६, काठमाडौँ

मानुषी छिल्लर सन् २०१७ की मिस वर्ल्ड कि विजेता हुन् । त्यसपछि मानुषीको चर्चा हुन थालेको हो । अब मानुषी चलचित्रमा पनि देखिने भएकी छिन् । हुन त मानुषी चलचित्रमा प्रवेश गर्न लागेको कुरा पहिले नै आएको थियो ।

तर यसबारे मानुषीले कुनै प्रतिक्रिया दिएकी थिइनन् । अहिले भने उनले चलचित्र गर्ने कुरा पक्का भएको छ । मानुषी चलचित्र पृश्वीराज बाट बलिउडमा डेब्यु गर्दैछिन् । पृथ्वीराज मा मानुषी अक्षय कुमारसँग देखिदैँछिन् । चलचित्र पृथ्वीराज अर्को बर्ष अर्थात २०२० को दिवालीमा प्रदर्शनमा ल्याउने तयारी निर्माण टिमको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्