बलिउड अभिनेता सुशान्त सिंह राजपूतलाई डेंगू



२९ कार्तिक २०७६, काठमाडौँ

सुशान्त सिंह राजपूत बलिउडमा रुचाइएका नायक हुन् । उनले एकपछि अर्को प्रोजेक्टमा काम गरिरहेका छन् । पछिल्लो समयमा उनी अभिनीत चलचित्र ‘छिछोरे’ प्रदर्शनमा आएको थियो । जुन चलचित्र बक्सअफिसमा पनि ब्लकबस्टर साबित भयो ।

सुशान्तका फ्यानका लागि दुखको खबर आएको छ । यूरोप टुरबाट मुम्बई फर्कने क्रममा अभिनेता सुशान्तको स्वास्थ्य अवस्था बिग्रिएको छ । तुरुन्तै चेक अप गराउँदा थाहा भयो कि उनलाई डेंगू भएको रहेछ । अहिले डेंगूको संक्रमण निकै नै बढ्न थालेको छ । सुशान्त पनि यसको शिकार भएका छन् ।

केहीदिन भित्रै उनी एक कार्यक्रमको लागि दुबई जाने भएका थिए । तर डेंगूका कारण उनले आफ्ना सबै कामलाई पोष्टपोण्ड गरेका छन् । अब पुरै निको नभएसम्म सुशान्तले कुनैपनि काम गर्ने छैनन् ।

प्रतिक्रिया दिनुहोस्