बलिउडकी वरिष्ठ गायिका लताको निधन भएको खबर एकाएक फैलिएपछि…



२९ कार्तिक २०७६, काठमाडौँ

बलिउडकी चर्चित र सदावहार गायिका लता मंगेशकरको केही समयदेखि स्वास्थ्य स्थिति ठिक नभएपछि उनलाई मुम्बईस्थित ब्रिज क्याण्ड अस्पतालमा भर्ना गरिएको थियो । सास फेर्न गाह्रो भएपछि लतालाई भर्ना गर्नु परेको हो ।

विहिबार सामाजिक सञ्जालमा लता मंगेशकरको मृत्युको खबर छ्यापछ्याप्ती आएपछि लताको परिवारले यो कुराको खण्डन गरेको छ । लताको परिवारले लताको स्वास्थ्यमा सुधार आएको बताइरहेका छ ।

यता उनको मृत्युको झुटो  खबरले पनि उनका फ्यानहरु निकै दुखी भएका थिए । हुन त सेलिब्रेटिको मृत्युको झुटो खबर आएको यो पहिलो पटक भने होइन ।

प्रतिक्रिया दिनुहोस्