पोष्टरमा यस्तो देखियो अक्षयको ‘गुड न्युज’



२८ कार्तिक २०७६, काठमाडौँ

अक्षय कुमारको मुख्य भूमिका रहेको चलचित्र गुड न्युज को पोष्टर रिलिज भएको छ । पोष्टरमा अक्षय कुमार २ युवतीको बेबी बम्पको बीचमा परेको देखिएको छ भने अर्को पोष्टरमा अक्षयसँगै करिना कपुर र कियारा अडवाणी पनि देखिएका छन् ।

गुड न्युज कमेडी जनरामा निर्मित चलचित्र हो । फिल्मको कहानी सेरोगेसीमा आधारित भएको जानकारी प्राप्त छ । यो चलचित्रलाई लिएर अक्षय निकै उत्साहित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्