क्युट नायिका मिरुना मगर (फोटो फिचर)



२८ कार्तिक २०७६, काठमाडौँ

मिरुना मगर पछिल्लो समयकी चर्चित नायिका हुन् । अझ उनलाई आजभोली फ्लप फिल्मकी हिट नायिका भन्ने गरिएको छ । हुन पनि मिरुनाको ब्याडलक नै मान्नुपर्छ ।

उनले अहिलेसम्म जतिपनि चलचित्रमा काम गरिन् ती सबै बक्सअफिसमा असफल नै भएका छन् । तर उनले भने सबै चलचित्रबाट दर्शकको माया नै पाएकी छिन् ।

यस्तै मिरुनाको सुन्दरताको पनि पछिल्लो समयमा निकै तारिफ हुने गरेको छ । त्यसैकारण सामाजिक सञ्जालमा उनलाई पछ्याउनको संख्या बढेको छ ।

सामाजिक सञ्जालमा उनका तस्बिरहरु पनि निकै सेयर हुने गरेका छन् । यस्तै मंसिर ६ गतेबाट उनी अभिनीत चलचित्र च च हुई प्रदर्शनमा आउँदै छ । अहिले मिरुना च च हुई को प्रमोशनमा नै व्यस्त छिन् ।

 

प्रतिक्रिया दिनुहोस्