बलिउड नायिका वाणीले लगाइन् राम लेखेको विकिनी टप : फ्यानले भने, ‘धर्मलाई मजाक नबनाउ’



२८ कार्तिक २०७६, काठमाडौँ

वाणाी कपुर बलिउडमा पछिल्लो समयमा चर्चामा आइरहने अभिनेत्री हुन् । उनी अभिनीत चलचित्र वार केहीसमय अघिमात्र प्रदर्शनमा आएको थियो भने वार ले ब्लकबस्टर व्यापार गर्न सफल पनि भएको थियो ।

यस्तै वाणी आफ्नो बोल्ड फोटोसुटका कारण धेरै चर्चामा आउने गर्छिन् । हाल भने उनी सामाजिक सञ्जालमा नराम्रोसँग ट्रोल भैरहेकी छिन् । वाणीले केहीसमय अघि हरे राम लेखेको विकिनी टप लगाएको फोटो इन्ष्टाग्राममा पोष्ट गरेकी थिइन् ।

त्यसपछि उनलाई गालीको बर्षा हुन थाल्यो । धेरैले उनले भगवान रामको अपमान गरेको र धर्मको मजाक उडाएको बताए । राम्रो भन्दा नराम्रो प्रतिक्रिया धेरै आउन थालेपछि वाणीले उक्त तस्बिर नै हटाइदिइन् ।

प्रतिक्रिया दिनुहोस्