निक र प्रियंकाले किने २ अर्ब ३० करोडमा नयाँ घर



२८ कार्तिक २०७६, काठमाडौँ

बलिउड तथा हलिउडकी चर्चित नायिका प्रियंका चोपडा र उनका पति निक जोनसले नयाँ घर खरिद गरेका छन् । निक र प्रियंकाले अमेरिकाको लस एन्जल्समा घर किनेका हुन् ।

उनीहरुको घरको मुल्य सुन्दा जो कोहीको पनि होस उड्न सक्छ । प्रियंका र  निकले घर २० मिलियन डलर अर्थात नेपाली २ अर्ब ३० करोडमा किनेका हुन् ।

स्रोतका अनुसार घर २० हजार स्कायर फिटमा फैलिएको छ । घरमा ७ बेडरुम छन् भने ११ वटा बाथरुम छन् । यस्तै घरमा स्वीमिङ पुल पनि छ ।

साथै घरमा मनोरञ्जनका लागि इन्डोर बास्केटबल कोर्ट, लाउञ्ज एरिया, गेम रुम लगायतका मनोरञ्जनका माध्यम छन् । घरमै फिल्म थिएटरका साथै जिम एरिया पनि छ ।

प्रतिक्रिया दिनुहोस्