

२८ कार्तिक २०७६, धनकुटा
धनकुटा नगरपालिका–८ चुलिवनका २० वर्षीय सोचकुमार राई तमोर नदीले बगाएर बेपत्ता भएका छन् ।
बुधवार अपरान्हे ५ बजेको समयमा मुलघाट एरियामा साथीहरुसँगै पौडी खेल्न गएका उनी अचानक नदीले बगाउँदा बेपत्ता भएका हुन् ।
बेपत्ता भएका राईको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।