बंगलादेशी राष्ट्रपति फेवातालमा डुंगा सयर गर्दै



२८ कार्तिक २०७६, काडमाडौं जादैं गर्दा एक

नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति हमिदले फेवातालमा डुंगा सयर गरिरहेका छन् ।

राष्ट्रपति हमिद बिहिबार ११ः३० बजे नेपाली सेनाको हेलिकप्टरबाट पोखरा पुगेका हुन् । राष्ट्रपति हमिदसहितको टोली विमानस्थलबाट सिधै फेवताल पुगेको हो ।

पोखरा विमानस्थलमा राष्ट्रपति हमिदलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख, कार्यवाहक मुख्यमन्त्री, मन्त्री, जनप्रतिनिधि, सरकारी उच्चपदस्थ अधिकारीले स्वागत गरेका थिए ।

फेवातालमा डुंगा सयरपछि राष्ट्रपति हमिद नेपाली सेनाको हेलिकोप्टरबाट रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्ट पुगी त्यहाँबाट पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्ने काकर्यक्रम रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्