दिपकराज गिरी भन्छन्, ‘८० प्रतिशत नेपाली चलचित्र हेर्नु भनेको टाउको दुखाउनु हो’



deepak-raj-giri Dipakraj

२८ कार्तिक २०७६, काठमाडौँ

दिपकराज गिरी यतिबेला छ माया छपक्कै को सफलतापछि निकै हर्षित छन् । छ एकान छ बाट उनीहरुले चलचित्र बनाउन सुरु गरेका थिए ।

उनीहरुको मेहेनत भनौ वा भाग्य सुरुवाती समयदेखि नै उनीहरुले दर्शकको अत्याधिक माया पाउन सफल भएका छन् भने व्यवसायिक रुपमा दिपक दिपाका सबै चलचित्र सफल भएका छन् ।

यस्तै दिपकराज गिरी नेपाली अधिकांश चलचित्रहरु गुणस्तरीय नभएको बताउँछन् । उनी दर्शकले रुचाउने खालका चलचित्र निर्माण गर्नु आवश्यक भएको बताउँछन् । दीपकराज गिरीले नेपालमा बन्ने ८० प्रतिशत फिल्म हेर्नु भनेको टाउको दुखाउनु भएको बताएका छन् ।

उनले नेपाली फिल्म थप मेहनत गरेर दर्शकलाई मन पर्ने खालको बनाउनुपर्ने धारणा राखे । नेपाली फिल्म स्तरीय बनाउन सकियो भने विदेशी फिल्मको बजार विस्तारै कम हुँदै जाने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्