आज वरिष्ठ कलाकार हरिवंश आचार्यको जन्मदिन, शुभकामना दिनेको ओइरो



२७ कार्तिक २०७६, काठमाडौँ

हरिवंश आचार्य नेपाली चलचित्र जगतका सफल अनि सदावहार कलाकार हुन् । उनको नाम सधैँ मदनकृष्ण श्रेष्ठसँग जोडिएर आउँछ । किनकी उनले आफ्नो करियरको सुरुवाती दिनदेखि नै मदनकृष्ण श्रेष्ठको साथ पाएका छन् ।

हरिवंश आचार्य नेपाली चलचित्र जगतमा निरन्तर योगदान दिदैँ आएका छन् । आज उनै वरिष्ठ कलाकार हरिवंश आचार्यको जन्मदिन रहेको छ । हरिवंशको जन्मदिन परेकाले आज उनलाई सबैले सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना दिइरहेका छन् । हाम्रो तर्फबाट पनि हरिवंश आचार्यलाई जन्मदिनको धेरै धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्